पोखरामा “तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा”विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न
पाेखरा | साउन २४, २०७९
पोखर । २८ औं विश्व आदिवासी दिवसमा तमु धिं नेपालले यसै वर्ष एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई सम्मानसहित“तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा”विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले तमुहरुले अब देशमै शासन प्रशासनमा पुग्ने र विश्व जगतमा बिक्ने शिक्षामा जोड दिनुपर्ने मार्गनिर्देशन गर्नुभयो।
उहाँले शैक्षिक, प्रशासनिक, राजनीतिक, व्यवसायिक, सामाजिक लगायत विभिन्न क्षेत्रमा नाम कमाएका तमुहरुको उदाहरण प्रस्तुत गर्नुहुदै प्रमाणपत्र थन्किने अर्थात खाडी र मलेशिया दौडनुपर्ने शिक्षा नभई नेपालमै शासन प्रशासन, निति योजना निर्माण गर्ने, नयाँ क्षेत्रहरुलाई सम्बोधन गर्ने र विश्वमा माग भएका शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयो। यी सबैका मुलभुत विषय भनेको विज्ञान, गणित र अग्रेजी भएको भन्दै उहाँले विज्ञान, प्रविधी, इञ्जिनियरिङसँग सम्बन्धित आइटी, इन्टरप्रेनरशिप, टुरिजम एण्ड मेनेजमेण्ट, माइन्स इञ्जिनियरिङ, टनेल इञ्जिनियरिङ, माउण्टेन एग्रिकल्चर, मेडिकल साइन्स, कानुन, जर्नालिजम जस्ता विषयहरु विद्यार्थीहरुको रोजाई हुनुपर्दछ उहाँको भनाई थियो। विद्यार्थीको रोजाई राम्रो हुनुपर्दछ र अभिभावकले आवाश्यक सहयोग र उचित नियन्त्रण गर्न जरुरी रहेको कुलपति गुरुङको आग्रह थियो। यसरी नै संघ संस्थाहरुले यसरी नै अनुशिक्षण, प्रशिक्षण कार्यक्रम नियमित रुपमा अघि बढाउन आग्रह गर्दै शासन, प्रशासन, शैक्षिक विषयमा कुनै सल्लाह सुझाव चाहिएमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने उहाँको भनाई थियो।
तमु धिं नेपालमा आयोजित कार्यक्रम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कुलपति प्रा.डा.गणेशमान गुरुङ र डा.चन्द्रबहादुर गुरुङले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई बधाई, सम्मान र आर्शिवाद प्रदान गर्नुभएको थियो भने तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले शुभकामना, तमु धिं नेपालका केन्द्रिय सदस्य एवम शिक्षा विभाग संयोजक श्रीजंग गुरुङले स्वागत, वरिष्ठ उपाध्यक्ष सुमे.श्रीप्रसाद गुरुङले धन्यवाद व्यक्त र सचिव जुमकाजी गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

